नियम १०
पुनरावेदनपत्र दर्ता गर्ने कार्यविधि
(१) पुनरावेदन गरिएको फैसलाको वा जाप्ता नक्कलसाथ सो फैसलाले निर्धारित गरेको कर र लागेको          जरिबानाको रकम पूरै धरौट राखेको वा आधी बापत जमानी दिई सम्बन्धित अधिकृतको निस्सा लिएको भए सो निस्सा र कर वा जरिबाना          नलागेकोमा पुनरावेदन दस्तुर संलग्न रहेको र अरु रीत पुगेको पुनरावेदनपत्र न्यायाधिकरणमा दर्ता हुन आए बुझी दर्ता गर्नु पर्छ ।
(२) म्याद नाघेको देखिए वा दाखिल गर्नु पर्ने कर वा जरिबानाको रकम धरौट दाखिल नगरेको भए सोही व्यहोरा दरपीठ गरी                        पुनरावेदनपत्र फिर्ता गरी दिनु पर्छ ।
(३) फैसला आदेश गर्ने तल्लो अड्डा वा कार्यालयबाट पुनरावेदनपत्र दर्ता गरी मिसिलसाथ पठाएकोमा म्यादभित्रको र कर वा                         जरिबानाको रकम बुझाएको वा धरौट राखेको वा जमानी दिन पाउने जतिमा जमानी दिएको भए र अरु सबै रीत पुगेको भए तुरुन्त दर्ता             गरी दिनु पर्छ नभए पुनरावेदन दरपीठ गरी फिर्ता गरी दिनु पर्छ ।